फोटोमा हेर्नुस् छठको रौनक

काठमाडौ- तराई–मधेसमामात्र नभइ अहिले राजधानीमा पनि हिन्दूहरूको प्रमुख चाड छठ पर्वको रौनक छाएको छ।

हिन्दू धर्मावलम्बीको महान् पर्व छठको अवसरमा राजधानीको कालीमाटी, कुलेश्वरलगायत विभिन्न स्थानका बजारमा निकै नै चहलपहल बढेको छ।

छठमा चाहिने सामग्री किन्नको लागि बिहानदेखि बेलुकासम्म बजारमा व्रतालुको भीड निकै नै बढेको छ ।

छठ पर्वमा चाहिने आवश्यक सामग्री केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी,  केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत खरिद गर्नेको संख्या उल्लेख्य छ।

केरा घरिको ३०० देखि ५०० सम्म विक्री भएको व्यापारी बताउँछन्। साथै उखु गोटाको १५ रुपैयाँमा विक्री भएको व्यापारीको भनाइ छ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्‍याउन जाने मैथिल परम्परा छ। पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ। अर्घ दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ।

चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा खाने गर्छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *