काङ्ग्रेस भित्र गुटको खिचडी: सुजाता निवासमा पौडेल समुहको लन्च मिटिङ

काठमाडौ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू नेतृ सुजाता कोइराला निवास मन्डिखाटारमा भेला भएका छन्।

सोमबार लञ्चसहित सुजाताले घरमा भेला राखेकी हुन्। सभापति शेरबहादुर देउवाले पौडेल समूहलाई पेलेर जाने रणनीति लिएको भन्दै अब कसरी अघि बढ्ने भन्नेबारे पौडेल पक्षका नेताहरू छलफलमा जुटेको भेलामा सहभागी एक नेताले बताए। भेला अहिले पनि जारी छ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला र सुजाता कोइराला भेलामा सहभागी छन्।

पार्टीले बनाउने संघीय विधान, देउवाले विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछिको अवस्था र मंसिर अन्तिम साता हुने महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आन्तरिक रणनीति तयार गर्न भेला बसेको ती नेताले बताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *