काठमाडौ मूलपानीमा १२ बर्षिया बालिका बलात्कृत

काठमाडौं –  दिउँसो १२ बजेतिर मुलुक  क्रिकेट मैदानको कम्पाउन्ड पर्खाल लगाउने मजदुरहरुले मैदान नजिकै बस्ने १२ वर्षकी बालिका बलात्कार गरेका प्रहरीले बताएको छ ।

कागेश्वरी मनहरा नगरपालिका ७ मा पर्ने उक्त क्रिकेट मैदानभित्र घुम्न आएका बेला बालिका बलात्कारमा परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी होविन्द्र वोगटीले जानकारी दिए । घटनामा संलग्नको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउर पर्नेमा बर्दियाका नरेश चौधरी, बिक्कु थारु, डिल्लीराम थारु र धादिङका रविन इटनी रहेका छन् ।

घटनाको बारेमा स्थानीय र बालिकाको अभिभावकले जानकारी दिनेवित्तिकै मनहरा प्रहरी चौकी र महानगरीय प्रहरी वृत्त वौद्धको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बालिकाको पनि बुधबार नै स्वास्थ्य परीक्षण गरिएको छ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *