महाराजगन्ज भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरमा दुधजन्य खाद्य पदार्थ गुणस्तरहीन

काठमाडौ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्य पदार्थ बिक्रीवितरण नगर्न निर्देशन दिएको हो। भाटभटेनी सुपर मार्केटबाट बिक्री हुने दुधजन्य खाद्य पदार्थ गुणस्तरहीन भएको पाइएपछि त्यसको बिक्रीमा रोक लगाइएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले ग्लोबल खबरलाइ जानकारी दिए।

तिहारमा अत्याधिक बिक्रीवितरण हुने काठमाडौंका मिठाइ पसल अनुगमनको कामलाई तीब्रता दिँदै आएको विभागले बुधबार अत्याधिक बिक्रीवितरण हुने महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरमा रहेका खाद्य पदार्थको पनि परिक्षण गरेको हो। परिक्षणमा दुधजन्य खाद्य पदार्थ गुणस्तरहीन पाइएको थियो।

यसैगरी विभागले बुधबार तीन वटा मिठाइ पसलमा पनि अनुगमन गरेको छ। महाराजगन्जस्थित टिपटप मिठाइ पसल, गौशालास्थित अन्नपूर्ण मिठाइ भण्डार र व्यञ्जन मिष्ठान भण्डारको पनि अनुगमन गरेको हो। अनुगमनका क्रममा तीन वटै मिठाइ पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ। रङको प्रयोग सन्तोषजनक रहेको पाइएपनि खाद्य पदार्थमा तेलको गुणस्तरमा सुधार ल्याउन पनि मिठाइ पसलहरुलाई सचेत गराइएको विभागका महानिर्देशक कर्णले बताए।

मंगलबार काठमाडौंको थापाथली र कमलादीमा रहेका २ वटा मिठाइ पसलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिसी नेतृत्वको उच्चस्तरीय टोलीले अनुगमन गरी गुणस्तर हेरेर मात्रै मिठाइलगायतका खाद्य वस्तु खरिद गर्न पनि आम उपभोक्तालाई सचेत गराएको थियो।

 

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *