रनवेको पिच परिर्वतनका लागि १० घन्टा विमानस्थल बन्द हुने

काठमाडौ – रनवेको पिच परिर्वतको काम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घन्टा बन्द गरिने सन्जिब गौतमले जानकारी दिए। रनवे पिच परिर्वतको काम अप्रिल १ बाट सुरु हुने र सोही दिनदेखि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानास्थल बन्द हुने उनको भनाइ छ ।

झन्डै दुई वर्ष अगाडि रनवे सुधारका लागि प्राविधिक रूपमा छनोट भए पनि कम्पनीबीच प्रतिस्पर्धा हुन सकेको छैन।

मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि रनवको पिच परिर्वतनको काम अगाडि बढाउने प्राधिकरणलाई निर्देशन दिँदै आएका थिए।

प्राविधिक रूपमा सक्षम ठहर भएका कम्पनीबीच आर्थिक रूपमा प्रतिस्पर्धा गराउन तयार गरिएको टेन्डर डकुमेन्टको फाइल एक वर्ष अगाडि नै नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्डमा गएर रोकिएका थियो।

सन् २०१४ मै स्पेनिस कम्पनी ‘आइसा’ले विमानस्थल रनवे सुधारका लागि डिजाइन तय गरेको थियो। तर सन् २०१५ को भूकम्पपछि विमानस्थलमा देखिएको प्राविधिक समस्यासँगै विमानस्थल कार्यालयले ‘डिजाइन रिभ्यू’का लागि कोरियन योसिन इन्जिनियरिङ कम्पनी छनोट गरेर काम गरेको थियो।

परामर्शदाताकै रिपोर्टका आधारमा कार्यालयले रनवे सुधारका लागि ग्लोबल टेन्डर गरेको थियो। टेन्डरमा ११ वटा कम्पनीले काम गर्ने इच्छा देखाए पनि परामर्शदाता र टेन्डर मूल्यांकन कमिटीले चार कम्पनीलाई मात्रै प्राविधिक रूपमा सक्षम भनेर छनोट गरेको थियो ।

यसमा चाइना रेलवे नम्बर फाइभ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिडेड, चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन, चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिडेड र बेइजिङ चाङदो म्युनिसिपल इन्जिनियरिङ ग्रुप कम्पनी थिए।

विमानस्थलकै रनवे सुधारसम्बन्धी दुईवटा काम गरेको, आर्थिक रूपमा कति सक्षम र औजार कति भएको कम्पनी हो भनी यकिन गरेर मात्रै कम्पनी छनोट भएका थिए।

तर, परामर्शदाताको रिपोर्ट एवं अध्ययनले तीन हजार मिटरको रनवे र दुई हजार मिटरको ट्याक्सी वे मर्मतका लागि करिब तीन अर्ब रुपैयाँ लागत अनुमान गरे पनि अहिले त्यसको लाग झन्डै ४ अर्ब पुगको छ ।

सन् २०१९ को अप्रिलदेखि विमानस्थल बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म पूर्ण रूपमा बन्द गरी रनवेको पिच परिर्वतन सुरु गर्न लागेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए। रनवेको पिच परिवर्तन गर्न १८ महिना लाग्ने भए पनि पहिलो चरणमा सबैभन्दा बढी समस्या रहेको रनवेको मात्रै पिच परिवर्तन गरिने जानकारी दिए।

‘विमानस्थलको कोटेश्वरतर्फको ०२ रनवेको १६ सय मिटरमा बढी समस्या देखिएको छ। रनवेको पिच परिवर्तनसँगै ट्याक्सी वेको पिच परिवर्तन हुन्छ। कतिपय ठाउँको ३० सेन्टिमिटरसम्म माटो निकालेर नयाँ पिच हाल्नुपर्ने अवस्था छ’, गौतमले भने।

 

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *