मधुमेह रोगिले भाइ मसला कति र कसरी खाने जान्नुहोस

काठमाडौ – मधुमेह भएमा रगतमा ग्लूकोजको मात्रा बढी हुने गर्छ । रगतमा ग्लूकोजको मात्रा बढी भएमा शरीरले खानालाई शक्तिमा रुपान्तरण गर्न सक्दैन । रगतमा चिनीको मात्रा बढेमा यसले मुटुलाई नियन्त्रित गर्ने नशा, रक्तबाहिनी तथा मुटुको धमनीमा क्षति पुर्‍याई मुटु रोगको जोखिम बढाउँछ । यही कारण उनीहरुमा हृदयाघात हुने तथा स्ट्रोक हुने सम्भावना समेत उच्च हुने गर्छ । अतः यी संभावित जोखिम टार्नका लागि ड्राइ फ्रुट्स र बियाँ उपयोगी हुन्छ ।

ड्राइ फ्रुट्स र बियाँ स्वास्थ्यको लागि लाभदायक मानिन्छ । अझ मधुमेहका रोगीहरुका लागि यो विशेष फाइदाजनक मानिन्छ । यसमा पर्याप्त मात्रामा प्रोटिन, भिटामिन, फ्याट लगायत खनिज पदार्थ पाइने हुदाँ यसलाई पोषक तत्वको भण्डार पनि मानिन्छ ।

बदाम

स्वास्थ्यका लागि किन हुन्छ, राम्रो ?

बदाममा खाना खानु पहिले (फास्टिङ) र खाना पछिको व्लड सुगर बाहेक इन्सुलिनको मात्रा कम गर्ने विशेष गुण हुन्छ । यसले अक्सिडेटिभ स्ट्रेस (तनाव) कम गर्छ, जो मधुमेह तथा मृटु रोगको कारण बन्ने गर्छ ।

कसरी गर्ने सेवन ?

बदामलाई काँचै सेवन गर्नुपर्छ । नून हाल्नु हुँदैन । यसलाई हल्का रोष्ट गरेर पनि खान सकिन्छ । तर तेलमा प|mाई गर्नु हुँदैन । बदामलाई मसिनो गरी काटेर यसलाई दलिया, ओटमिल, सलाद वा दहीको साथमा पनि सेवन गर्न सकिन्छ ।

ओखर

ओखरलाई किन स्वास्थ्यवर्दक मानिन्छ ?

सन् २०१५ मा गरिएको एक अध्ययन अनुसार रगतमा चिनीको मात्रा बढेमा यसले कोषिकाको एन्टीअक्सिडेन्ट गतिविधिमा कमी ल्याउने गर्छ । जबकी ओखरमा रहेको तेलले एन्टीअक्सिडेन्ट गतिविधिलाई बढाउने गर्छ ।

त्यसैले, ओखरलाई नियमित रुपले खानाले अक्सिडेन्टिभ स्ट्रेसबाट राहत मिल्ने गर्छ । अन्यथा, यस्ता तनावले कयौ अन्य प्रकारको समस्या उत्पन्न हुने गर्छ ।

अन्य एक अध्ययनबाट आएको नतिजाले के जनाएको छ भने प्रत्येक दिन ३० ग्राम (करिब ७ -८ वटा ओखर) करिब एक वर्षसम्म नियमित रुपमा खाने गर्नाले मधुमेहबाट ग्रसित व्यक्तिको तौल तथा फास्टिङ इन्सुलिन लेभल दुवै कम हुने गर्छ ।

यसरी गर्ने सेवन ?

ओखरको छिल्का केही तितो हुन्छ । तथापी, यसलाई छिल्का सहित खानु पर्छ । र , ताजा छ कि छैन भन्नका लागि ओखरलाई सुघ्नु पर्छ । यसलाई पिसेर सलाद, हल्का भुटेको तरकारी तथा दहीको साथमा खान सकिन्छ ।

पेस्ता

सन् २०१४मा गरिएको एक परिक्षणबाट के नतिजा आएको थियो भने मधुमेहबाट ग्रसित व्यक्तिलाई पेस्ता ख्वाएमा उसको फास्टिङ पहिलेको व्लड ग्लूकोज तथा एचबीए वान सीको स्तर कम हुने गर्छ । त्यस्तै, पेस्ता खानाले व्लड ग्लूकोजको स्तरमा समेत कमी आउने अर्को एक अध्ययनले जनाएको छ ।

यसरी गर्ने सेवन ?

पेस्ता खरीद गर्दा छिल्का सहितको पेस्ताको सेवन गर्नु पर्दछ । र, खादाँ छिल्का निकालेर मात्र खानु पदएछ । नुनिलो वा गुलियो पदार्थको प्रयोग गरेर तयार पारिएको पेस्ता कहिल्यै खरीद गर्नु हुँदैन ।

लौकाको बियाँ

किन खाने ?

लौकाको बीउमा पनि केही यस्ता तत्व पाइन्छ, जसले रगतमा ग्लूकोजको मात्रालाई कम गर्दछ । यस्ता बीउको सेवनले मधुमेहबाट ग्रसित व्यक्तिलाई आˆनो व्लड सुगर नियन्त्रित राख्न मद्दत मिल्छ । यसमा डाइट्री फाइबर पनि प्रचुर मात्रामा पाइन्छ । त्यतिमात्र हैन, यसले टाईप २ मधुमेहसित सम्बन्धि जोखिमलाई कम गर्ने समेत जनविश्वास रहेको छ ।

कसरी गर्ने सेवन ?

लौकाको बीउलाई काचै, हल्का रोष्ट गरेर पनि खान सकिन्छ ।यसलाई सुप,अनाज, सलाद, स्मुदी वा दहीमा मिलाएर खान सकिन्छ ।

अलस

किन राम्रो ?

विभिन्न अध्ययनले जनाए अनुसार आलसलाई धुलो बनाएर खानाले फास्टिङ व्लड ग्लूकोज तथा एचबीएवानसीको स्तर कम गर्न सहायता प्रदान हुन्छ ।

कसरी खाने ?

आलसको बीउको विशेष नै यसलाई राम्ररी चपाउनमा छ , जबसम्म यसलाई राम्ररी चपाइदैन, यसले स्वास्थ्यमा कुनै किसिमको फाइदा गर्दैन । त्यसैले यसलाई राम्ररी पिसेर यसलाई ओटमिल, अनाज, स्मुदी तथा दहीको साथमा खान सकिन्छ । यसलाई पिठोमा मिसाएर रोटीको रुपमा पनि खान सकिन्छ ।

चियाको बियाँ

किन खाने ?

सन् २०१७ मा गरिएको एक परीक्षणमा मधुमेहबाट ग्रसित व्यक्तिलाई चियाको विया खानका लागि दिइएको थियो । जसमा नतिजा के आएको थियो भने उनीहरुमा मुटु रोगको जोखिम कम भएको पाइएको थियो । मधुमेहबाट ग्रसित विरामीले खानामा सप्लिमेन्टको रुपमा चियाको वियालाई लिएको खण्डमा मुटु सम्बन्धि जटिलता रोक्नमा मद्दत मिल्न सक्छ ।

कसरी गर्ने सेवन ?

चियाको बियाँ निकै नरम हुने भएकोले यसलाई सजिलै निल्न सकिन्छ । आलस जसरी पिस्नु पर्दैर्न । यसलाई ब्रेकफास्ट, पुडिङ, दलिया, सागसब्जी तथा चामलमा मिलाएर खान सकिन्छ ।

मधुमेहका विरामीले कुनै पनि नट्स तथा वियाँलाई खानामा सामेल गर्दा यसलाई कति मात्रामा प्रयोग गर्ने भनेर जान्न पनि उत्तिकै आवश्यक छ ।

अमेरिकन हार्ट एशोसिएसनका अनुसार यस्ता नुन रहित यस्ता नट्स तथा वियाको सेवन गर्दा सातामा चार पटक मुठ्ठी बराबरको नट्स खान सल्लाह दिइने गरिन्छ ।

साथै, यस्ता नट्समा ८० प्रतिशतसम्म फ्याट रहने हुँदा यसलाई सन्तुलित मात्रामा सेवन गर्न जरुरी छ । अन्यथा, स्वास्थ्यवर्दक मानिने यस्ता फ्याटले पनि शरीरमा क्योलोरी बढाउन सक्छ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *