नेकपा: भुस झै सल्किदै गुटको आगो ओलि र नेपाल गुटको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौ- दाङ जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल गुटले छुट्टाछुट्टै कार्यक्रम गरी शहीदलाई सम्झिएका छन्।

विक्रम संवत २०५१ सालमा दाङको विजौरीमा भएको गोलीकाण्डमा मारिएका शहीदहरू नारायण चौधरी, कुष्ण चौधरी र पुष्प घिमिरेको सम्झनामा शनिबार गुटगत रूपमा छुट्टाछुट्टै कार्यक्रम गरिएको थियो। ओली पक्षधरले तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी स्थित जनता विद्यापिठमा कार्यक्रम गरेको थियो  भने वरिष्ठ नेता नेपाल समूहले तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा स्मृति दिवस मनायो।

विजौरीको जनता विद्यापिठमा आयोजित कार्यक्रम नेकपा तुलसीपुर नगर कमिटीको नामबाट गरिएको थियो भने तुलसीपुर उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रम तुलसीपुर पूर्व विद्यार्थी संगठनको नाममा भएको थियो ।

तुलसीपुरको कार्यक्रमलाई नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसाल, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी, एमाले पूर्व जिल्ला अध्यक्ष टीकाराम खड्का, तुलसीपुरका मेयर घनश्याम पाण्डे, एमाले दाङका संस्थापक नेताद्धय शोभाराम बस्नेत, छविलाल वली, पूर्व माओवादी केन्द्र दाङका सचिव रामजी चौधरी (मिलन), तुलसा केसी, पदम केसी लगाएतले सम्वोधन गरेका थिए ।

सोही समयमा तुलसीपुर कै विजौरीमा आयोजित स्मृति दिवसलाई नेकपा केन्द्रीय सदस्य भागवत विश्वासी, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, प्रदेशसभा सदस्य उत्तरकुमार वली, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्य, दाङ जिल्ला अध्यक्षका लागि सिफारिस गरिएका शिवकुमार आचार्य, माओवादी केन्द्रका जिल्ला संयोजक तथा हाल जिल्ला सचिवको लागि सिफारिस गरिएका सुवाश पुन, युथ फोर्स नेपालका ५ नं. प्रदेश संयोजक मनोहर बुढाथोकी, शेषुराम भण्डारी, सरस्वती गौतम, सहजराज यादव,शहिद पत्नी विष्णु पौडेल लगाएतले सम्वोधन गरेका थिए ।

एउटै पार्टी भित्रैका अलग–अलग खेमाका नेताहरूले एउटै समयमा तुलसीपुर भित्रै अलग/अलग स्थानमा फरक/फरक शैलीमा शहीद स्मृति दिवस मनाउनु र त्यहाँ एउटा पक्षले अर्को पक्षलाई खुइल्याउने प्रयास गरिएको थियो। जसलाई नेकपा भित्रको गुटगट राजनीति उदांगो भएको एकजना एमालेका संस्थापक नेताले टिप्पणी गरे।

‘एउटै समयमा र एउटै ठाउँमा भएका दुई फरक कार्यक्रमले शहीदको सपनाको मजाग उडाइएको छ’ तीन नेताले भने।

उनले पार्टी एकता भए पनि अझै भावनात्मक एकता भइनसकेको हुँदा नेतृत्व त्यसमा लाग्न  आवश्यक रहेको बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *