काग्रेसको चियापान आज नेकपा भन्दा दोब्बरलाइ निम्ता

काठमाडौ – सानेपामा दिउँसो १ बजेबाट चियापान कार्यक्रमको आयोजना गरिएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुभकामना आदान प्रदान तथा चियापान समारोहमा राजनीतिक दलका नेताहरु, सरकारका मन्त्रीहरु, सांसदहरु, संबैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवकहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, संञ्चार गृहहरु, पत्रकारहरु, गैर–आवासीय नेपालीहरुका संघ–संस्थाका प्रमुखहरु लगायतका कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिता रहने बताएका छन् ।

कांग्रेसले यसअघि कोजाग्रत पूर्णिमाका दिन केन्द्र र सबै जिल्लाहरुमा एक साथ चियापान कार्यक्रम आयोजना गर्ने बताएको थियो । तर कांग्रेसका नेता तथा पूर्वपूर्व मन्त्री चक्रप्रसाद बास्तोलाको निधनको शोकमा उक्त कार्यक्रम कात्तिक १६ गतेका लागि सारिएको थियो । नेता बास्तोलाको गत असोज २७ गते राति निधन भएको थियो ।

२०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि कांग्रेसले २०३५ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन जलपान समारोह गरेर शुभकामना आदान–प्रदान गर्दै आएको छ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिएका छन् ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *