काठमाडौंका मतदाताको रोजाइ : वडामा पार्टी,  मेयरमा बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाको ३२ वटा वडामध्ये ४ वटा वडा (१,२,३ र ५ नं.) को मतपरिणाम सार्वजनिक भएको छ । पाँच वटै वडाको वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

तर, मेयर पदमा भने एमालेकै उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) भन्दा कम मत पाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको तर्फबाट साझा उम्मेदवार रहेकी सिर्जना सिंहले पनि वडा तहमा गठबन्धनले पाएको भन्दा निकै कम मत पाएकी छन् ।

जारी मतगणनालाई नियाल्दा दलीय भोट वडाअध्यक्ष र सदस्यमा खसेको छ । तर, मेयरमा बालेनले भोट पाएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *