माओवादी केन्द्रबाट हेलम्बुको अध्यक्षका लागि पेमा ह्योल्मो चयन

सिन्धुपाल्चोक – नेकपा माओवादी केन्द्रले हेलम्बु गाउँपालिकाबाट अध्यक्षको लागि पेमा लामा ह्योल्मो लाई चुनावी मैदानमा उतारेको छ ।

लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय ह्योल्मो हेलम्बु क्षेत्रमा लोकप्रिय मानिन्छन् । नेपाल ह्योल्मो समाजसेवा संघको निवर्तमान केन्द्रिय अध्यक्ष समेत रहेका ह्योल्मो गत असार र साउनमा आएको बिनाशकारी बाढी पश्चात् राहत र उद्दारमा निरन्तर खटेका थिए । मिलनसार र शालीन व्यक्तित्वका कारण पनि हेलम्बुवासिको मनमा बस्न सफल उम्मेदवारको रूपमा चिनिन्छन ।

हेलम्बुमा यसअघि ५ बर्ष स्थानीय सरकार चलाएको कांग्रेसले अपेक्षाअनुसार काम गर्न सकेको छैन र पार्टीभित्रको आन्तरिक कलहले उग्ररुप लिइरहेको छ भने एमालेमा तिव्र विवादका कारण अन्तिम समयमा पालिका अध्यक्ष नै परिवर्तन भएको छ जसको प्रत्यक्ष फाइदा माओवादीलाई पुग्ने धेरैको विश्लेषण रहेकोे छ । हेलम्बुमा अघिल्लो स्थानीय निर्वाचनमा कमजोर देखिएको माओवादीले पछिल्लो समय आक्रामक रूपमा संगठन विस्तार गरेको र कांग्रेस एमालेको आन्तरिक किचलोको कारण हेलम्बुको चुनावमा त्रीपक्षिय भिडन्त हुने देखिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *