यस्ता छन् मन्त्रिपरिषद बैठकका १९ निर्णय

काठमाडौं – सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले श्रम, रोजगार तथा  सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई मलेसियाको…

विप्लव नेतृत्वको नेकपा फुट्यो, धर्मेन्द्र र सुदर्शनले पार्टी घोषणा गर्दै

काठमाडौं – नेत्रविक्रम चन्द‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका हुन् । बिहान  कपिलवस्तुको शिवगढीमा बसेको सचिवालय बैठकले उनीहरुलाई…

माओवादी केन्द्रबाट हेलम्बुको अध्यक्षका लागि पेमा ह्योल्मो चयन

सिन्धुपाल्चोक – नेकपा माओवादी केन्द्रले हेलम्बु गाउँपालिकाबाट अध्यक्षको लागि पेमा लामा ह्योल्मो लाई चुनावी मैदानमा उतारेको छ । लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय ह्योल्मो हेलम्बु क्षेत्रमा लोकप्रिय मानिन्छन् । नेपाल ह्योल्मो समाजसेवा संघको निवर्तमान केन्द्रिय अध्यक्ष समेत रहेका ह्योल्मो…

गठबन्धनको भागबण्डा टुंगियो : भरतपुर माओवादी र पोखरा समाजवादीलाई

काठमाडौं – नेपाली काँग्रेसले पोखरा महानगरको दावीबाट पछि हटेसँगै सत्ता गठबन्धनमा ६ वटै महानगरको भागबण्डा टुङ्गिएको छ । यसअघि पोखरा महानगरमा काँग्रेस र नेकपा एकीकृत समाजवादीले दावी गर्दा गठबन्धनमा परेको गाँठोका कारण महानगरको भागबण्डा टुङ्गिन सकेको थिएन । पोखरा महानगरका कारण…

माओवादी नेताहरूको सहयोगमा इचोक गुम्बाका आमा समुहलाइ धर्मग्रन्थ प्रदान

सिन्धुपाल्चोक – माओवादी केन्द्रका नेताहरूको व्यक्तिगत सहयोगमा हेलम्बु गाउँपालिका वडा नम्बर ६ स्थित ठुलो माने गुम्बामा बुद्दिष्ट धर्म ग्रन्थ सहयोग गरिएको छ । नेपाल ह्योल्मो समाजसेवा संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका माओवादी केन्द्रका जिल्ला सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष पेमा…

जुगलमा एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको कांग्रेस-माओवादीको आरोप

सिन्धुपाल्चोक – स्थानीय निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको छ तर कतिपय ठाउँमा राजनीतिक पार्टीहरुले आचारसंहिता उल्लंघन गरेको समेत पाइएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा नेकपा एमालेले आचारसंहिता उल्लंघन गरेको भन्दै माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादी…

स्थानीय निर्वाचन : भरतपुर माओवादीलाई छाड्न देउवा तयार

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका स्थानीय नेता–कार्यकर्ताको तीव्र दबाबका बाबजुद भरतपुर महानगरपालिका माओवादीलाई दिन तयार भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोरी रेनुलाई मेयर बनाउने प्रस्ताव देउवासँग राखेपछि गठबन्धन जोगाउन भन्दै देउवा भरतपुर महानगरपालिका दोस्रो पटक माओवादीलाई दिन तयार…

आजदेखि स्थानीय तह निर्वाचन आचारसंहिता लागूः के के गर्न पाइँदैन ?

काठमाडौं – निर्वाचन आयोगले आजबाट लागूहुने गरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन स्थानीय तह निर्वाचन २०७९ देखि कार्यान्वयन गर्नेगरी सबै राजनीतिक दल र सरोकारवालाहरुको सुझाव…

नेपालको अर्थतन्त्रलाई श्रीलंका जस्तो बनाउने सपना पूरा हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना हुनै नसक्ने दाबी…

नेपाली कांग्रेस हेलम्बुका पुर्व-सभापति तामाङसहित तीन दर्जन कार्यकर्ता माओवादीमा प्रवेश

काठमाडौं – पार्टीमा व्यक्तिवाद र निरंकुशता हावी भएको भन्दै नेपाली कांग्रेस हेलम्बुका निवर्तमान पालिका सभापति विजय तामाङ सहित तिन दर्जन कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पुर्व सभापति तामाङ सहित युवा नेता साङ्गे तामाङ, नेकपा एमाले हेलम्बु गाउँपालिका कमिटी सदस्य…