माओवादी नेताहरूको सहयोगमा इचोक गुम्बाका आमा समुहलाइ धर्मग्रन्थ प्रदान

सिन्धुपाल्चोक – माओवादी केन्द्रका नेताहरूको व्यक्तिगत सहयोगमा हेलम्बु गाउँपालिका वडा नम्बर ६ स्थित ठुलो माने गुम्बामा बुद्दिष्ट धर्म ग्रन्थ सहयोग गरिएको छ ।

नेपाल ह्योल्मो समाजसेवा संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका माओवादी केन्द्रका जिल्ला सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष पेमा लामा ह्योल्मो, जिल्ला सदस्य पुर्णिमा ह्योल्मो र नेत्री दावा याङ्जेन ह्योल्मो को व्यक्तिगत सहयोगबाट गुम्बाका आमा समुहलाइ ९० थान बुद्दिष्ट धर्मग्रन्थ हस्तान्तरण गरिएको हो ।

लामो समयदेखि समाजसेवा र राजनीतिमा संलग्न उहाँहरूले गत असार १ र साउन १७ गते हेलम्बु हेलम्बु क्षेत्रमा आएको विनाशकारी बाढी पछि व्यक्तिगत र संस्थागत रूपमा विभिन्न राहत तथा अन्य सहयोग गर्दै आइरहनु भएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *