अखिल (क्रान्तिकारी) बाजुराको नयाँ नेतृत्वमा खेम साउद

अखिल (क्रान्तिकारी)बाजुरा जिल्लाको नयाँ नेतृत्वमा खेम साउद

अखिल ( क्रान्तिकारी) बाजुरा जिल्लाको आठौं औँ जिल्ला सम्मेलनले खेम साउदको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

बाजुरा जिल्लामा रहेका प्रत्येक मावि +२ र क्याम्पसहरुबाट प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधि, पर्यवेक्षकबाट सर्वसहमत नयाँ कमिटी निर्माण गरिएको छ।” शैक्षिक निजिकरण, माफियाकरण र व्यापारिकरण विरुद्व हाम्रो आन्दोलन,राष्ट्रियता,जनतन्त्र र जनजिविकाको पक्षमा पक्षमा आठौं जिल्ला सम्मेलन”भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलन अखिल(क्रान्तिकारी) उपाध्यक्ष तथा सम्मेलन प्रमुख अतिथि दिपेश पुनले उद्वघाटन गरेका थिए।सम्मेलनले खेम साउदको अध्यक्षतामा उपाध्यक्षहरु-पदम रावत,शुशिला शाहि,छक्कलाल थापा,सचिव- बलमान धामि,सहसचिवहरु- नबराज बुढा,मोहन बडुवाल,अर्जुन सुनार,भुवन रावल,कोषाध्यक्ष- सुनिता भण्डारी ५१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।

जिल्ला सम्मेलन आयोजक समिति संयोजक पारस बुढा सभापतित्वमा अखिल(क्रान्तिकारी)बाजुरा जिल्लाको आठौं सम्मेलनमा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सदस्य तथा विशेष अतिथिहरु जीवन बुढा कमल कुमारी शाह, क्रान्तिकारीका सचिव तथा सुदुरपश्चिम प्रदेश संयोजक मदन भुल,क्रान्तिकारीका केन्द्रिय नेताहरु तथा सुदुरपश्चिम प्रदेश सहसंयोजकहरु गम्भिर साउद, भिम भट्ट,पावर्ती नेगी,दिपक विसि ,लगाएतले बोल्नुभएको थियो।अखिल(क्रान्तिकारी)ले आउँदो असोज ८, ९ , १० गते काठमाडौंमा २२औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *