मनिश श्रेष्ठको अध्यक्षतामा माओवादी केन्द्र पाँचपोखरी थाङपाल काठमाँडौ सम्पर्क समन्वय समिती गठन

काठमाडौं – नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल काठमाँडौ सम्पर्क समन्वय समितीको अध्यक्षमा मनिश श्रेष्ठ चयन हुनु भएको छ । आज काठमाँडौमा सम्पन्न भेलाले श्रेष्ठको अध्यक्षतामा २७ सदसीय कार्यसमिती निर्बिरोध चयन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेसका पुर्व मन्त्री एबम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालले पार्टी र सङठनलाइ मज्बुुत बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनता समक्ष माओवादी जनयुद्दले नै आजको संघीय गणतन्त्र , संघीयता धर्म निरपेक्षता हक अधिकार समाबेशिता लगायत विभिन्न बिकासको स्रोत उजागर गरेको र यस्ता कुरा जनयुद्द र बलिदान बाटनैै प्राप्त भएको बताउनुभयो ।दुलालले देश माओवादीको एजेन्डामा चलेको पनि बताउनुभयो । दाबी गर्नुभयो ।
त्यस्तै नेता चन्द्रबहादुर थापा किशोरले सबै एक भएर अगाडि बढे विकाश सम्भव रहेको बताउनुभयो ।
नेता बिल बहादुर रायमाझीले माओवादीमा सरलता र समाजवादी भावना रहि सकारात्मक ढंगले बिकासको खाका लाई युवा नेतृत्वमा पुस्ता हस्तान्तरण गर्दै माओवादीको सकारात्मक बिचार धार लाई अवलम्बन गर्नपर्नेमा जोड दिनुभयो।कार्यक्रम महेशलाल श्रेष्ठको सभापतित्वमा भएको थियो । कार्यक्रममा अन्य प्रदेश जिल्ला तहका नेता पनि सहमागी थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *