यस्ता छन् एनआरएनए पोर्चुगलका अध्यक्ष उमेदवार रबिन अधिकारीको प्रतिबद्धता

लिस्बोन – गैरआवासीय नेपाली संघ, पोर्चुगलको अध्यक्ष पदमा रबिन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

अधिकारी, एनआरएनए पोर्चुगलको आगामी नेतृत्वका लागि एक सशक्त दाबेदारका रुपमा मैदानमा आएका छन । एनआरएनए आईसीसी सदस्य समेत रहेका उनले आफ्नो क्रियाशिलता बाट धेरैको मन जितेका छन ।

धादिङ जिल्लाको धादिङ बेसी सदरमुकाम मा घर भई सामाजिक सेवामा क्रियाशिल अधिकारीले एनआरएनए पोर्चुगलको २०२१–२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आफुलाई थप हौसलाका साथ काम गर्न दिन आव्हान गरेका छन् ।

२०१७-१९ को कार्यकालमा युवा संयोजक रहेका अधिकारीले कार्यसमितिमा रहँदा संस्थाका हरेक अभियान र प्रोजेक्टमा सक्रियतापूर्वक खटिएका थिए।पोर्चुगलमा हुने हरेकजसो नेपाली समुदाय लक्षित खेलकुदका कार्यक्रमहरुमा सक्रिय भई लागिरहेकाले पनि आफु अगाडि बढ्न उत्साह रहेको बताए।

आगामी कार्यकालका लागि मैले थप नयाँ एजेन्डाहरू समेत अगाडि सारेको छु । आफुले अगाडी सारेका एजेन्डाहरू लाई आफ्नो अनुभव वाट अझ संस्थागत बनाउँन र समुदायको हितमा अझ कसरी स्थापित गर्न सकिन्छ भन्ने उद्देश्य अनुरुप संघको आगामी कार्यकाल (‪२०२१ -२०२३ ‬) को लागि अध्यक्ष पदमा उमेदवारी दिएको बताए ।

उनका प्रतिबद्दताहरु
१) हरेक पोर्चुगल बासी नेपालीको अपनत्व हुने गरी संस्था रुपान्तरणको निरन्तरता दिने ।
२) गैरआवासीय नेपाली संघका पदाधिकारीहरुलाई संघका सदस्यप्रति उत्तरदायी बनाउन वैधानिक व्यवस्था गर्ने साथै एनआरएनए पोर्चुगल ले तय गरेको नीति तथा योजनाहरुलाई सार्वजनिक छलफलमा ल्याउदै आवश्यक सल्लाह, सुझाव सहित संकलन गर्ने गरी सुचना आदान प्रदानलाई प्रभावकारी बनाउनेछु ।
३) ५० हजार युरोसम्मको अक्षयकोष स्थापना गर्दै आपतकालीन कामका लागि प्रयोग गर्ने ।
४) मातृभूमिको लागि आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रबर्धनका कार्यक्रमहरुको निरन्तरता सहित सुदृढ़ र एकिकृत नेपाली समाजको परिकल्पना लाई अगाडी बढाउने।
५) संस्थाको दिगो आर्थिक मजबुतीकरण र पारदर्शितालाई सुद्रिढीकरण गर्ने ।
६) स्मार्ट एनआरएनए अभियानलाई अझै मुर्त रुपमा ल्याउन र आवश्यक ढाट़ा सुरक्षा प्रणालीलाई सुद्रिदिकरण गर्न पहल गर्ने।
७) युवाहरुलाई एनआरएनए अभियानमा स्वतस्फूर्त सक्रिय हुने वातावरण तयार गर्ने।
८) ‘’नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई पूर्णता दिलाउन र नेपाली समुदायकै हक हित र अधिकार प्राप्तिका लागि निर्णयात्मक भूमिका खेल्ने।
९) बालबालिकाको लागि नेपाली भाषा,साहित्य,कला र संस्कृतिको प्रबन्ध तथा विकासको लागि समुदाय संग मिलेर प्रभावकारी अभियान चलाउन पहल गर्ने।

एनआरएन पोर्चुगललाई एकताबद्ध, सशक्त र मजबुद बनाउन र पोर्चुगलमा रहेका नेपालीहरुको सुखदुखमा दरिलो साथी बनाउनका लागि आफु संस्थाको नेतृत्वमा आउन चाहेको अधिकारीकोको भनाइ छ ।

युवा उद्यमी तथा समाजसेवी रबिन अधिकारीले आफ्नो सामाजिक योगदानको मुल्यांकन गरि दिन सबैमा अपिल गरिरहेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *