हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई आर्थिक सहयोग

मेलम्ची – सिन्धुपाल्चोकको मेलम्ची खोलाको बाढिबाट प्रभावित लाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

बाढी प्रभावित हेलम्बु र मेलम्चीको स्थानीय छिमेकी पाँच पोखरी थाङ्पाल गाउपालिका वडा ७ का युवा महेश लाल श्रेष्ठ र श्याम श्रेष्ठ को पहलमा हेलम्बुका बाढी प्रभावित २२ परिवारलाई १० हजारको दरले र मेलम्चीस्थित हाम्रो टिम मेलम्ची र पुन निर्माण समितिका आशिष श्रेष्ठ र ज्ञानेन्द्र श्रेष्ठको उपस्थितिमा २ लाख गरि चार लाख बीस हजार रकम हस्तान्तरण गरिएको हो ।

गत असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको विनाशकारी बाढीले त्यस क्षेत्रका सयौं परिवार घरबारविहीन र करोडौंको क्षति पुर्‍याएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *