१८ वर्षमाथिकाले छिट्टै कोरोनाविरुद्ध खोप पाउने, १६ गतेभित्र थप ३२ लाख खोप आइपुग्ने

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानलाई तीव्रता दिने भएको छ । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै मातहतका निकायले कामलाई तीव्रता दिएका हुन् ।

सरकारले तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने गरी तयारी थालेको छ । १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने योजना तयार भैसकेको स्वास्थ्य तथा जनसंख्या मनत्रलायले जनाएको छ । आवश्यक खोपकोसमेत व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप पठाइसकिएको मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।

खोप आपूर्ति समस्याको समाधान भैसकेको मन्त्रालयको दाबी छ । सहप्रवक्ता अधिकारीका अनुसार यही साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप आइपुग्ने छ भने १६ गतेसम्म ३२ लाख खोप भित्रिसक्ने छ । खोपको आपूर्ति मजबुत हुँदै गएकोले छिट्टै सबैलाई खोप उपलब्ध हुने भन्दै मन्त्रालयले खोप अभियान सफल बनाउन आग्रह गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *