अन्ततः फुट्यो नेकपा

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)राजनीतिक रूपमा विभाजित भएको छ।नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीर कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक डाकेर पार्टी विभाजनकोरेखा कोरेका हुन् । केन्द्रीय कमिटी बैठकराखेर दुवै पक्षले आफूलाई संस्थापन दाबी गरेपछि…

संसद होइन, ओली सरकार विघटन भएको होः प्रचण्ड

काठमाडौं – नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय संसद विघटन नभएर ओली सरकार विघटन भएको दाबी गरेका छन्। बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीका सदस्यलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको स्वेच्छाचारिताले यो स्थिति सिर्जना भएको…

केपी ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

काठमाडौं – प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए…

संसद विघटनविरुद्ध आन्दोलन गर्न नौ विद्यार्थी संगठनहरुको आह्वान

काठमाडौं – नौ विद्यार्थी संगठनहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध जनाएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)को संयोजनमा आज बसेको नौ विद्यार्थी संगठनहरुको संयुक्त बैठकले संविधानको रक्षाका लागि सहकार्य गर्ने निर्णय पनि गरेको छ । बैठकमा नेविसंघ…

ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । त्यसमा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय…

फुटको अन्तिम बिन्दुमा नेकपा : कुन समूहमा को ? (नामावलीसहित)

काठमाडौं – सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले आज बेग्लाबेग्लै स्थान र समयमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । दुई समानान्तर बैठकहरु नेकपा विभाजनका लागि औपचारिक प्रस्थानविन्दु हुनेछन् । अहिलेसम्मको अंकगणितलाई हेर्दा नेकपाको केन्द्रीय कमिटी र संसदीय दल दुबैमा…

गोयलसामु गलेको ‘राष्ट्रवाद’ !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष गरी भारतसँग एउटा सार्वभौम मुलुकको नेताकारुपमा प्रष्ट अडान लिने र लागेको कुरा समकक्षीसमक्ष निर्धक्क राख्ने छवि बनेको थियो । उनको त्यही पक्ष पनि गुप्तचर सामन्त गोयलको काठमाडौँ आगमनपछि क्रमशः क्षयउन्मुख भएको छ ।…

देशवासीका नाममा सम्बोधन कि आरोपको पुलिन्दा ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि सिफारिस गर्नुको औचित्य पुष्टि गर्ने प्रयासस्वरुप सोमबार देशवासीका नाममा सम्बोधन गरेका छन् । संविधानविद्हरुले संसद विघटनको सिफारिस गर्ने विशेषाधिकार संविधानतः प्रधानमन्त्रीसँग नरहेको दावी गरिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा ती प्रश्नलाई…

हामी निर्वाचन आयोग गइसक्यौं, बालुवाटारको बैठक नौटंकी मात्र : प्रचण्ड

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको बहुमत आफूहरुसँग रहेको बताएका छन् । साथै उनले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नौटंकी मात्र भएको बताए ।…

ओलीको कदमले पार्टी एकतालाई कुनै असर पर्दैन: प्रचण्ड

काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको पछिल्लो कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका छन् । दाहालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिको पार्टीविरोधी गतिविधिले एकीकृत पार्टीको संरचना…