संसद विघटनको विरुद्ध चौतारामा अनेरास्ववियूको प्रदर्शन

चौतारा – प्रधानमन्त्री केपि ओलिको संसद् विघटनको कदम विरुद्ध सिन्धुपाल्चोकको चाैतारामा आफ्नै पार्टीका कार्यकर्ताले चर्को नाराबाजी गरेका छन् ।

सत्तारुढ नेकपाकै विद्यार्थी संगठन अनेरास्ववियूले गरेको विरोध कार्यक्रममा केन्द्रिय सदस्य रन्जित आचार्य सहित जिल्लाका अधिकांश विद्यार्थी नेता तथा पार्टी कार्यकर्ता उपस्थित थिए । उनीहरुले केपी ओलिले देशलाई प्रतिगमनतिर लान खोजेको भन्दै चर्को नाराबाजी गरेका थिए ।

विरोध कार्यक्रममा केन्द्रिय सदस्य आचार्यले केपी ओलिको अहंकार र असक्षमताको मुल्य सिंगो देशले चुकाउन नसक्ने भन्दै केपी ओलिको प्रतिगमनकारी कदमले उनको चरित्र जनतासामु उदाङ्गिएको बताए ।

केपी ओलिको पछिल्लो कदमलाई लिएर चौतर्फी आलोचना भइरहेको छ भने आफ्नै कार्यकर्ताले विभिन्न स्थानमा पुत्ला दहन समेत गरिरहेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *