नेकपाभित्रको विवाद : कर्णालीमा मत्थर नहुँदै प्रदेश-२ मा उत्कर्षमा

काठमाडौं – कर्णालीमा मुख्यमन्त्रीविरुद्ध पार्टीभित्रैबाट अविश्वास प्रस्तावले जन्मिएको विवाद थाती रहँदा नेकपा प्रदेश–२ मा पनि तनाव सुरु भएको छ । प्रदेश–२ मा यसअघि नै चर्किएको गुटबन्दीले पर्सा बिन्दबासिनीमा भएको झडपमा पार्टी कार्यकर्ता मुकेश चौरसियाको मृत्युपछि नेकपाभित्रको विवाद ध्रुवीकृत भएको छ ।

६ कात्तिकमा बिन्दबासिनी गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच झडप हुँदा चौरसियाको उपचार क्रममा न्युरो अस्पताल वीरगन्जमा मृत्यु भयो भने अन्य आठजना घाइते भए । मृतक चौरसिया जिल्ला कमिटी सदस्य तथा गाउँपालिका कमिटी सचिव हुन् ।

घटनापछि मृतकको परिवारले तत्कालीन संविधानसभा सदस्य तथा नेकपा पर्सा जिल्ला कमिटी सदस्य राजकुमार गुप्तालाई मुख्य योजनाकार बनाएर १२ जनाविरुद्ध किटानी जाहेरी दिने प्रयास गर्‍यो । तर, जिल्ला प्रहरी कार्यालय, पर्साले जाहेरी दर्ता गरेन, जसकारण नेकपाभित्र दुई समूहको अन्तरविरोध झन् चर्किएको छ । जाहेरी दर्ता नभएसम्म परिवारले चौरसियाको शव बुझ्न मानेको छैन ।

घटनामा राजनीतिक दाउपेच धेरै भएको छ । घटनापछि प्रचण्ड–नेपाल समूहले राज्यसत्ताको दुरुपयोग गरेर हत्यारालाई जोगाउन खोजेको आरोप लगाएको छ । र, दोषीमाथि कडा कारबाही माग गर्दै आएको छ । नयाँ पत्रीकाबाट 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *