नेकपाको कर्णाली विवाद : ओलीको निर्देशनलाई प्रचण्डको ‘काउन्टर’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाहमाथिको कारवाही लिन निर्देशन दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को परस्पर विरोधी विज्ञप्ति जारी गरेका छन् ।

ओलीले शुक्रबार कर्णालीका मुख्यमन्त्री शाहलाई निर्देशनात्मक पत्र पठाउदै शाहलाई पूर्ववत प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशन दिएका थिए । तर कार्यकारी अध्यक्ष प्रचण्डले भने प्रमुख सचेतकसम्बन्धी निर्णय लिने अधिकार प्रदेश पार्टी कमिटी र प्रदेश सरकारलाई नै भएको विज्ञप्ति जारी गरेका हुन् ।

‘सो समझदारी र हाम्रो दलको प्रदेशसभा सदस्यहरुको भावना र मर्म अनुसार कार्यान्वयन गर्न निर्देशन गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि, कर्णाली प्रदेशको समस्या समाधान गर्ने विषयमा पनि ओली र प्रचण्डको सचिवालयको जुहारी चलेको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *