थप ३७४९ जनामा कोरोना पुष्टि, ३५६४ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *