थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० हजार ५२९ पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *