कोरोनाको हटस्पट बन्दै काठमाडौ

काठमाडौ – बितेको २४ घण्टामा थप २७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंका ४१, भक्तपुर र ललितपुका २–२ जना समेत रहेका छन् ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ४१ सहित थप २७४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर २२७ जना डिस्चार्ज भएका छन् भने निको हुनेको कुल संख्या १४ हजार २४८ पुगेको छ ।  निको भएकासहित हालसम्म कूल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *