वामदेवसँग गुहार माग्दै भैंसेपाटी पुगे ओलि

काठमाडौ – मंगलबार दिउँसो स्थायी कमिटी बैठकमा उपस्थित हुन अटेर गरेका प्रधानमन्त्री ओली साँझ उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगे ।

प्रचण्ड-माधव समूह छाडेर आफूतिर नजिकिएलगत्तै प्रधानमन्त्री ओली उपाध्यक्ष गौतमलाई भेट्न निवासमै पुगेका हुन् । सो भेटमा पार्टी महासचिव विष्णु पौडेल समेत सहभागी थिए ।

ओलीले मंगलबार बोलाएको स्थायी कमिटी बैठक एकपक्षीय रुपमा स्थगित गरेका थिए । तर, प्रचण्डको अध्यक्षतामा बहुमत सदस्यको बैठक बस्यो र स्थायी कमिटी बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय गलत भएको ठहर गर्‍यो । जुन बैठकमा गौतम पनि थिए ।

गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो अवधिभर प्रधानमन्त्री बनाउनेसहित ६ बुँदे लिखित प्रस्ताव नेताहरुसम्म प्रस्तुत गरेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *