नेकपा विवाद : ओलि समूहले एकलौटी रूपमा बैठक स्थगित गरेपछि प्रचण्डको अध्यक्षतामा बैठक सुरु

काठमाडौ – प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज डाकिएको  बैठक स्थगित गरेपछि उनीइतर समूहले बालुवाटार स्थायी कमिटी बैठक सुरू गरेको छ।

सोमबारमात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटार निवासमा भेला भएका ओलीइतर समूहका नेताहरूले आजको बैठक जसरी पनि चलाउनु पर्ने निष्कर्ष निकालेका थिए। ओलीले बैठक स्थगित गरे पनि अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरू बालुवाटार पुगेका थिए।

बालुवाटारमा आफू पक्षमा अरू पनि स्थायी कमिटी सदस्य आएपछि  अध्यक्ष प्रचण्डले बैठक चलाएका हुन्। ‘हाम्रो बैठक जारी छ। बैठकमा २५ जना स्थायी कमिटी सदस्य हुनुहुन्छ,’ बरिष्ठ नेता झलनाथ खनालले भने। नेकपा स्थायी कमिटी अहिले ४४ सदस्यीय छ।

यसैबीच प्रधानमन्त्री ओलीले पनि आफ्नानिकट स्थायी समितिसँग बालुवाटारमा छलफल गरिरहेका छन्। मंगलबार बिहान प्रधानमन्त्री र प्रचण्डबीच छलफल हुने कुरा थियो।

तर प्रधानमन्त्रीले बिहान डेढ घण्टा कुर्दा पनि प्रचण्ड नआएकाले स्थायी समिति बैठक स्थगित गरिएको प्रधानमन्त्रीनिकट स्थायी समिति सदस्यले बताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *