कमिटीगत सर्वाेच्चता कायम गर भन्दै राष्ट्रिय युवासंघ हुम्लाकाे मातृ पार्टीलाई ज्ञापनपत्र

काठमाडौ – कमिटीगत सर्वाेच्चता कायम गर भन्दै राष्ट्रिय युवा संघ, जिल्ला कमिटी हुम्लाले मातृ पार्टीलाई ज्ञापनपत्र बुझाएको छ ।

संगठनका जिल्ला संयोजक सुवाष रोकाया र सह-संयोजक कर्मा नाम्गेल लामा द्वारा बुझाइएको ज्ञापनपत्रमा लामो संघर्ष पछि कम्युनिस्ट पार्टी बीच एकता भएको भन्दै पार्टीलाई एकढिक्का बनाएर बिधि र पद्धतिमा चलाएर फुटबाट जोगाइ जनताको स्थिरता र बिकासको चाहनालाई सम्मान गर्न नेतृत्वलाई आग्रह गरिएको छ ।

केही समयअघि बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिँदै गएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलि सरकार र पार्टी संचालन गर्न असफल भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड सहित माधव नेपाल झलनाथ खनाल समूहले दुबै पदबाट ओलिको राजीनामा मागिरहेका छन् भने ओलि कुनै पद नछाड्ने अडानमा छन् ।

शिर्ष तहमा विवाद चलिरहँदा पार्टीका अधिकांश नेता कार्यकर्ता भने पार्टी एकताको पक्षमा छन् । उनीहरुले पार्टी एकता मजबुत बनाउन भन्दै दिनहुँ नेताहरूलाई दबाब दिँदै आइरहेका छन् ।

विज्ञप्ति

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *