नेकपा केन्द्रिय सदस्य सापकोटाद्वारा कोरोना नियन्त्रणका लागि संकलित सहयोग हस्तान्तरण

सिन्धुपाल्चोक – जुगल गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषका लागी राष्ट्रिय युवा संघ नेपाल र नेपाल कम्युनिस्ट पार्टी जुगल गाउँपालिका कमिटीको संयुक्त पहलमा संकलित रु. ५०१२२५ (पाँच लाख एक हजार दुइ सय पाँच रुपैया) नेकपाका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक सह-इन्चार्ज माधव सापकोटाले जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठलाइ हस्तान्तरण गर्नुभएको छ ।

जुगल गाउँपलिकाको कार्यालयमा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेता सापकोटाले सबै युवाहरुले आफ्नो जोश र जाँगरलाई सामाजिक सेवामा लगाउनुपर्ने बताउँदै जुगल गाउँपालिकाको युवाहरूको प्रयास प्रसंशनिय रहेकाले सबैले सिक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक सह-इन्चार्ज माधब सापकोटा सुबोध , नेकपा जुगल अध्यक्ष पदम श्रेष्ठ , नेकपा जिल्ला सदस्य कृष्ण घिमिरे, जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठ , उपाध्यक्ष सृजना तामाङ, अनेरास्ववियू केन्द्रिय सदस्य रन्जित आचार्य , राष्ट्रिय युवासंघ नेपालका जिल्ला सदस्य देबेन्द्र साक्य, सोहन सुनुवार, फुलकाजी स्याङ्बो, आकाश लामा लगायतको उपस्थिति थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *