सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सामुदायिक पुस्तकालय स्थापना

सिन्धुपाल्चोक – बालबालिका ,युवायुबती, बृद्धबृद्द र आम नागरिकको सर्वाङ्गिण बिकासको लागी ज्ञान आर्जन भन्ने मुख्य उदेश्य सहित जुगल गाउँपालिकाको ल वडा न ५ राम्चे मा सामुदायिक पुस्तकालय स्थापना भएको छ।

बाग्मती प्रदेश सामाजिक बिकास मन्त्रालय को आ. ब.०७६/०७७ अन्तर्गत पुस्तकालय अनुदान रकम रु. ५०००००|- बाट करिब ४०० थान विभिन्न पुस्तक ,दराज कुर्सी , टेबल, ल्यापटप र ईन्टरनेट जडान समेत गरि पुस्तकालय सन्चालन गरिएको हो ।

सम्पुर्ण ज्ञानको स्रोत पुस्तक नै भएको र यसको अध्ययनबिना ज्ञान आर्जन गर्न कठिन हुने भएकोले पुस्तकालय निर्माणमा लागीपरेको पुस्तकालयका अध्यक्ष रन्जित आचार्यले बताए ।

पुस्तकालयले ज्ञानका साथै इन्टरनेटको माध्यमबाट गाउँ गाउँमा सूचना प्रवाह गर्न समेत भुमिका खेल्ने विश्वास रहेकोे समितिका कोषाध्यक्ष अम्बिका नेपालले बताइन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *