कोरोना संक्रमित ११७५५ पुगे, २७ जनाको मृत्यु २६९८ निको

काठमाडौ – शुक्रबार ५ सय ९३ कोरोनाका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा देशभर ५ सय ९३ कोरोनाका संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। विभिन्न अस्पतालहरुबाट ४० पुरुष र ८ महिला कोरोनामुक्त भइ डिस्चार्ज भएको गौतमले बताए

यीसहित शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ। मृतक २७ जनामा कोरोनाभाइरस देखिएको छ। रसुवाबाहेकका सबै ७६ जिल्लामा कोरोना देखिएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *