लकडाउन जेठ ३२ सम्म, असार १६ गतेसम्म उडान र सीमा बन्द

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ । बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोनाको जोखिम कम नभएको भन्दै भने, जहाँ जुन क्षेत्रमा जोखिम छ, त्यहाँ कडाई गर्छौं । जहाँ जोमिख कम छ, त्यहाँ केही खुकुलो हुनसक्छ ।’

साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ अर्थात जुन ३० सम्म बन्द गर्ने निर्णय गरेको छ । यो अवधिमा आउजाउमा कडाई गरिनेछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *