थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो

काठमाडौं – शुक्रबार एकै दिन १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या१२ सय १२ पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको भएका छन् भने कोरोनाका कारण पाँच जनाको मृत्यु भइसकेको छ।

शुक्रबार १९ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट दुई र दाङको कोरोना विशेष अस्पतालबाट आठजना शुक्रबार डिस्चार्ज भएका हुन्। योसँगै कोरोना जित्नेको संख्या २०६ पुगेको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *