शहीदहरु राज्यको सम्पत्ति हुन्, उनीहरुको योगदान नभुलौ – मेयर तामाङ

सिन्धुपाल्चोक  चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले शहीदहरु राज्यको सम्पत्ति भएको र ‘अहिलेको प्राप्त अधिकार शहीदहरुले बली चढेकै कारण आएकाले उनीहरुको योगदान बिर्सन नहुुने बताएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा दुखी प्रकाशनले निर्माण गरेको शहीद स्तम्भको १३औं गणतन्त्र दिवसको अवसर पारी आज एक कार्यक्रमका बिच अनावरण गर्दै मेयर तामाङले गणतन्त्र ल्याउन शहीदहरुको अतुलनीय योगदान रहेको चर्चा गरे । ‘शहीदहरु सबैको अभिभावक र सम्पत्ति हुन्’, तामाङले भने– ‘अहिलेको प्राप्त अधिकार शहीदहरुले बली चढेकै कारण आएको हो ।’ शहीदचोकमा निर्माण गरिएको शहीद स्तम्भमा डम्फू र नगरको नक्सा राखिएकोप्रति टिप्पणी गर्दै मेयर तामाङले भने– ‘यो स्तम्भमा डम्पू र नगरको नक्सा राख्दा धेरैलाई अचम्म लागेको होला तर हामीले आफ्नो नगरका शहीदहरुसँगै संस्कृतिलाई जोगाउन डम्पूm राखेका हौं ।’ नगरभित्रका प्रत्येक चोकहरुमा त्यहाँका संस्कृति र पहिचान झल्कने प्रतिकहरु राख्दै मिनि पार्क बनाउने नगरको उद्देश्य रहेको तामाङले प्रष्ट्याए । सबै जाजजाति, धर्म, संस्कृतिको पहिचान जोगाउन नगर लागिपरिरहेको उनले बताए । शहीदको रगतबाटै गणतन्त्र प्राप्त भएको भन्दै उनले १३औं गणतन्त्र दिवसको अवसरमा नगरको प्रत्येक घरमा दीप प्रज्वलन गरी दीपावली मनाउन आग्रह समेत गरे ।

स्तम्भ अनावरण कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिका– ५ का अध्यक्ष नरमान श्रेष्ठले नगरको पहिचान खुल्ने गरी निर्माण गरिएको शहीद स्तम्भ सबैको साझा सम्पत्ति भएका कारण संरक्षण ध्यान दिन आग्रह गरे ।

स्तम्भमा विभिन्न समयमा शहीद बन्न पुगेका नगरभित्रका ८३ जनाको नाम, तामाङ समुदायको संस्कृति झल्कने डम्फू र नगरको सबै वडा छुट्टिने नक्सा राखिएको छ । स्तम्भलाई संरक्षण गर्न वरिपरी बार लगाईएको छ भने नागरिकहरुलाई आराम गर्न बेञ्च समेतको व्यवस्था गरिएको छ ।

दुःखी प्रकाशनका सचिव सुन्दर शिरीषले सञ्चालन गरेको अनावरण कार्यक्रमम नगरभित्रका विभिन्न वडाका वडाअध्यक्ष, उद्योग वाणिज्य संघका प्रथम उपाभ्यक्ष श्यामकृष्ण श्रेष्ठ, निर्माण व्यवसायी संघका अध्यक्ष छत्र तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवि, सञ्चारकर्मी, स्थानीयको सहभागिता थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *