थप ६७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८५० पुग्यो

काठमाडौ – नेपालमा बुधबार दिउँसोसम्म मात्र ६७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ८५० पुगेको छ ।

बारामा ८ जना कोरोना संक्रमित थपिएका छन्। पचरौता नगरपालिकामा देखिएका ८ जना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी समेत रहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाकारी दिए। बाँकी संक्रमित भने भारतबाट आएका हुन्। भारतबाट आएका उनीहरूलाई क्वारेन्टिनमा राखिएको थियो।

बुधबार बिहानै बाग्लुङका ६, रौतहटका ३५, झापाका १७ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको छ। बुधबार दिउँसोसम्म मात्र ६७ जना संक्रमित थपिएका हुन।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *