टोल-टोलमा शिक्षक, घर-घरमा शिक्षा

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका-१ भोटेचौर स्थित सरस्वती मा.वि ले विद्यार्थीहरुलाइ स्वास्थ्य सचेतना शिक्षा सँगसँगै अध्ययन बाट अन्यत्र जान नदिन विद्यालय र पाठ्यपुस्तकसँग जाेड्ने अभियान थालेकाे छ।

विद्यालयमा अध्ययनरत विधार्थीहरुकाे घर-घरमा गएर हाल माहामारिकाे रुपमा फैलिएकाे काेरना प्रकाेपबाट वच्न सकिने विविध उपाएकाे बारेमा विधार्थीलाइ चेतना दिने र विधालयबाट प्रदान गरिएका पाठ्यपुस्तक, विधार्थी र शिक्षक विच उपयुक्त सामाजिक दुर कायम गर्दै कम्तिमा ३ देखि ५ दिन भित्रमा स्थानिय रुपमा उपलब्ध शिक्षक विच विधार्थीकै घरमा अन्तर्कृयाकाे वतावरण तयार गर्ने अभियान चलाएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमुरारि चाैंलागाइले ग्लोबल खबरलाइ जानकारी दिए ।

स्वास्थ्य सम्बन्धि जनचेतना दिँदै विद्यार्थीहरुमा अध्ययन गर्ने बानी नहटाेस भन्नका लागि प्रत्येक घरमा जनचेतना र विधार्थीलाइ अध्यायन प्रति हाैसला बाँड्ने काम स्थानिय रुपमा उपलब्ध शिक्षक बाट अभियानकाे रुपमा सँचालन गरिरहेकाे अभियानमा कृयासिल शिक्षक दिपक चाैंलागाँइकाे भनाइ छ। काेरनाकाे त्रास दिनानुदिन बड्दै गर्दा सुरक्षाकाे सम्पर्ण उपाए अबलम्बन गर्दै विधालयकाे सेवाक्षेत्रलाई विभिन्न टाेलमा वर्गिकरण गरि घरघरमा स्यानिटाइजर, मास्क र नाेट बुक बाेकेर घरघरमा शिक्षक शिक्षिका पुगेकाे र लकडाउन थपिंदै गर्दा विधार्थिमा उत्पन्न हुनसक्ने मनाैवैज्ञननिक त्रास,अपसूचनाको व्याधि / इन्फोडेमिक (Infodemic) बाट विधार्थीलाइ सचेत पार्दै शिक्षा प्रतिकाे वितृष्णा कम गर्ने उदेश्यका साथ अभिभावकहरुकै सहमतिमा याे अभियान संचालन गरेको चाैंलागाइले बताए ।

सबै भुगाेलमा अनलाइन तथा प्रविधीकाे माध्यमबाट शिक्षा दिन विद्यालय तथा विद्यार्थीहरुको भाैतिक सुबिधा तथा अार्थिक क्षमताले थेग्न कठिन हुने हँदा घरघरमा गएर जनचेतना तथा अनाैपचारिक तवरले शिक्षा दिनुपरेकाे अर्का शिक्षक प्रभाकर चाैलागाँइले बताए । उपयुक्त सामाजिक दुरि, स्वास्थ्य उपकरणकाे पर्याप्त प्रयाेग गरि घरघरमै गएर अनाैपचारिक शिक्षा दिँदा विद्यार्थीहरुमा मनाैवज्ञानिक त्रास घट्नुका साथै, विद्यालय र पाठ्यपुस्तक सँग जाेडिन याे अभियान प्रभावकारि हुन्छ भन्ने विश्वासका साथ लागेको उनलेे बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *