थप ७ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं – नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलबस्तुका १७, १८ र १८ नै वर्षका पुरुष रहेका छन् ।

यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *