युवानेता शाहिको पहलमा विपन्न परिवारलाई राहत वितरण

काठमाडौ – हुम्लाका पुर्व सांसद छिमी दोर्जे लामा र राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अकिल शाहीको पहलमा लकडाउनका कारण समस्यामा परेका हुम्लाका विपन्न परिवारलाई  राहत सामग्री वितरण गरिएको छ ।

हुम्ला स्थायी घर भइ रोजगारी तथा अध्ययनको सिलसिलामा उपत्यकाको बौद्ध, शंखमुल, सातदोबाटो, थानकोट र भक्तपुरमा बस्दै आइरहेका २०० परिवारलाई शाहीको पहल तथा एलिस रेस्टुरेन्टको सहयोगमा राहत सामग्री वितरण गरिएको हो ।

संकटको बेला कोही पनि भोकै नरहुन भनेर समस्यामा रहेकाहरूको पिडा थोरै भएपनि कम गर्ने उदेश्यले सहयोगमा लागिरहेको शाहीले ग्लोबल खबरलाई बताए । यसअघि पनि उपत्यकाको विभिन्न ठाउँमा समस्यामा रहेका १०० परिवारलाई राहत वितरण गरेको र अझै आफुले सकेसम्म पिडितहरुको पिडा कम गर्न लाग्ने उनले बताए ।

राहत लिएपछि आफुहरुको समस्यालाई समाधान गरिएकोमा पीडितहरुले धन्यवाद व्यक्त गरेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *