लकडाउन १०दिन थप्ने सरकारको निर्णय

काठमाडौ – मन्त्रिपरिषद् बैठकले देशभर जारी लकडाउनलाई ५ जेठसम्म निरन्तरता दिने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले लकडाउनकाे अवधि थप्ने निर्णय गरेको हो। यसअघि जारी गरिएको लकडाउन भोलि बिहीबार सकिँदै थियो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लकडाउन थप्ने निर्णय भएको जानकारी दिइन्। हिजाे काेभिड- १९ राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिकाे बैठकले पनि लकडाउन थप्न सरकारलाई सिफारिस गरेकाे थियाे।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *