लकडाउनको नाममा ईलाका प्रहरी कार्यालय धरानले पुर्वाग्रही ब्यवहार गरेको स्थानियको गुनासो

धरान – ईलाका प्रहरी कार्यालय धरानको प्रहरीले लकडाउनको नाममा पुर्वाग्रही ब्यवहार गरेको गुनासो स्थानीयले गरेका छन् ।

डिएसपी ढुन्डीराज न्याैपानेको निर्देशन भन्दै २२ गते साझ अत्यावश्यक कामकाे लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुमति दिएको काे.१.त. ५७७६ नम्बरकाे ट्याक्टर याेजना स्थलबाटै नियन्त्रणमा लिएको सेवती खाेला नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष विजय बहादुर लिम्बूले बताएका छन् ।

ललितटाेल र बिरनारायण मार्ग गरि करिव २०० घर परिवार जाेखिममा छन्। बर्खा शुरु हुन लाग्यो हरेक बर्ष सेवती खाेलाकाे बाढिले जनधनको क्षति गर्ने गरेको छ याे बर्ष परेको बजेटले काम गर्न सकिएन भने ठुलो क्षति हुने भएकाले काम थालिएको समितिका अध्यक्ष लिम्बूले वताए । जिल्ला प्रशासनकाे अनुमति पत्र देखाउँदा देखाउँदै पनि डिएसपीकाे निर्देशन भन्दै प्रहरीले आनाकानि गरेको तर सोही वडामा सिडिओकाे अनुमतिपत्र विना दिनरात गाडी, घाेडा चलिराखेकाे छन् तर प्रहरीले कुनै गाडी नियन्त्रणमा लिएको छैन यसबाट डिएसपी कतै कमिशनकाे चक्करमा परेका त छैनन् भन्ने शंका उत्पन्न भएको अध्यक्ष लिम्बूले बताए ।

धरानकाे सेवती, सर्दु, सेरा लगायतका खाेलाकाे बाडीले बर्षेनि जनधनको क्षति हुने गरेको छ। खाेला किनारमा बसाेबास गर्ने सुकुम्बासीहरूकाे लागि काेराना भाईरस भन्दा पनि बर्खायामकाे बाढिकाे त्रासले चिन्तित तुल्याउन थालेको पीडितहरु बताउँछन् ।

सिडिओ कार्यालयले दिएको अनुमतिपत्र 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *