नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ – नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आइतबार स्वास्थ्य मनत्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्ज र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।  नेपालगन्जमा भेटिएकाहरु  ५ महिला र ४ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *