रुसमा पनि कोरोना संक्रमण तिव्र, संक्रमितको संख्या १ लाख नाघ्यो (कुन देशमा कति)

ऎजेन्सी – पछिल्लो समय रुसमा कोरोना संक्रमण तीव्र फैलिएको छ। रुसमा एकै दिन १२ हजार बढीमा संक्रमण देखिएको छ। यससँगै संक्रमितको संख्या १ लाख ६ हजार ४९८ पुगेको छ। जसमध्ये १ हजार ७३ जनाको मृत्यु भएको छ।

अमेरिकापछि दोस्रो बढी संक्रमित भएको स्पेनमा २ लाख ३९ हजार ६३९ जनामा संक्रमण भइसकेको छ। जसमध्ये १ लाख ३७ हजार ९८४ जना निको भएका छन् भने २४ हजार ५४३ ले ज्यान गुमाएका छन्।

त्यस्तै बेलायतमा संक्रमणबाट मृत्यु हुनेको संख्या २६ हजार ८४२ पुगेको छ। त्यहाँ १ लाख ७२ हजार ४८१ मा संक्रमण हुँदा ८५९ जना निको भएका छन्।

गत डिसेम्बरदेखि फैलिएको कोरोना महामारीका कारण हालसम्म विश्वभर २ लाख ३३ हजार ३६३ को ज्यान गइसकेको छ। त्यस्तै ३२ लाख ५६ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १० लाख १४ हजार ५२४ निको भएर घर फर्किसकेका छन्।

कुन देशमा कति ? (दस देशको आँकडा)

अमेरिका
संक्रमित: १०,५९,५३४
मृत्यु: ६३,००१
निको: १,५३,९४७

स्पेन
संक्रमित: २,३९,६३९
मृत्यु: २४,५४३
निको: १,३७,९८४

इटाली
संक्रमित: २,०५,४६३
मृत्यु: २७,९६७
निको: ७५,९४५

फ्रान्स
संक्रमित: १,६७,२९९
मृत्यु: २४,४१०

निको: ५०,३८०

बेलायत
संक्रमित: १,७२,४८१
मृत्यु: २६,८४२
निको: ८५९

जर्मनी
संक्रमित: १,६३,००९
मृत्यु: ६,६२३
निको: १,२३,५००

टर्की
संक्रमित: १,२०,२०४
मृत्यु: ३,१७४
निको: ४८,८८६

रुस
संक्रमित: १,०६,४९८
मृत्यु: १,०७३
निको: ११,६१९

इरान
संक्रमित: ९४,६४०
मृत्यु: ६,०२८
निको: ७५,१०३

ब्राजिल
संक्रमित: ८७,१८७
मृत्यु: ६,००६
निको: ३५,९३५

(स्रोतजोन्स हप्किन्स विश्वविद्यालय)

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *