थप तीनजनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौ – बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो ।

तीनै जना यसअघि भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । आइतबार वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये वीरगञ्ज एक त्यही धार्मिक सभामा सहभागी भएका थिए ।

उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गरेर ९४ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये तीन जनाको रिपोर्ट पोजेभिट आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *