कोरोना संक्रमण : बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

काठमाण्डाै – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बाेरिस जाेनसाेनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना गरिएको हो ।

बेलायतमा ४७ हजार आठ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म चार हजार ९ सय ३७ जनाको ज्यान गएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *