कोरोनाको केन्द्र बन्दै अमेरिका, चिन र इटालीमा भन्दा बढी संक्रमित

अमेरिका – चीनको वुहानबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्यामा सयुंक्त राज्य अमेरिका पहिलो नम्बरमा देखिएको छ। बिहीबारसम्म संक्रमितको संख्यामा आधारमा अमेरिका तेस्रो नम्बरमा थियो।

यो समाचार तयार पार्दासम्म अमेरिकामा संक्रमितहरुको संख्या ८३ हजार ८ सय नाँधेको छ। बिहीबार मात्रै १४ हजारभन्दा बढी संक्रमित थपिएपछि, अमेरिका पहिलो नम्बरमा परेको हो।

चीनमा हालसम्म करिब ८१ हजार  ७  संक्रमितहरु देखिएका छन्। अर्काे प्रभावित राष्ट्र इटालीमा करिब ८० हजार ५ सय संक्रमित देखिएका छन्।  अमेरिकामा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाधेको छ।  भाइरस संक्रमण रोक्नका लागि सरकारले प्रयासहरु जारी राखेको भएपनि अमेरिकामा यो संख्या एक लाखभन्दा बढी पुग्ने अनुमान गर्न थालिएको छ। यहाँ कोरोनाको संक्रमणबाट उपचार गरी रिकभर हुनेहरुको संख्या एकदमै नगन्य छ  ।

अमेरिका सबै राज्य यो महामारीका कारण प्रभावित छन्। जसमध्ये न्यूयोर्क राज्यसबै भन्दा बढ्ता प्रभावित देखिन्छ।  यस राज्यमा बिहीबारसम्म ३७ हजार भन्दा बढी संक्रमित भइसकेका छन्। यसै राज्यका भने ३८५ जनाले ज्यान गुमाएका छन्।

न्यूयोर्क राज्यका पाँच बोरो अर्थात पाँच सहरमा मात्रै २१ हजार भन्दा बढी संक्रमित भेटिएका छन्,। यिपाँच सहरमा करिब १ करोड मानिस बसोबास गर्दछन्। यस्तै दोश्रो धेरै प्रभावित हुने राज्यमा न्यूयोर्कसँगै जोडिएको राज्य न्यूजर्सी हो। जहाँ ६ हजार ८ सयजना संक्रमित भएका छन्, भने ८१ जनाले ज्यान गुमाएका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *