अमेरिकाको सहयोग प्रस्ताव इरानद्वारा अस्वीकार

ऎजेन्सी – कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न अमेरिकाले गरेको सहयोग प्रस्तावलाई इरानले अस्वीकार गरेको छ। इरान मध्यपूर्वमा कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक हो। हालसम्म त्यहाँ २१ हजार ६ सय ३८ जनामा यसको संक्रमण भेटिएको छ भने १६ सय ८५ जनाको ज्यान गइसकेको छ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा भएको परमाणु सम्झौतालाई खारेज गरेपछि दुबै देशबीच तनाव रहँदै आएको छ। त्यसयता अमेरिकाले इरानमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाइराखेको छ।

यस्तोमा अमेरिकाले राखेको मानविय सहयोगको प्रस्तावलाई इरानका सर्वोच्च नेता आयोतोल्लाह खामेनीले अस्वीकार गरेका हुन्। ‘अमेरिकाले कोरोना भाइरसको महामारीकाबीच सहयोगको प्रस्ताव गरेको छ। आफै यसको अभावसँग जुधिरहेको अमेरिकाको यो प्रस्ताव अनौठो छ। अर्कोतर्फ उसमाथि यो भाइरस सिर्जना गरेको आरोप छ’, खुमेनीले भने।

‘सत्य के हो हामीलाई थाहा छैन तर यस्तो आरोप लागेको बेला के एउटा बुद्धिमान मानिसले तपाईंहरूमाथि भरोसा गर्न सक्छ? तपाईंहरुको प्रस्ताव स्वीकार गर्न सक्छ? के थाहा तपाईहरूले इरानलाई दिने औषधिले कोरोनाको संक्रमण अरू बढेर यो भाइरस सँधै यही रहिराख्ने हो की?’, उनले सहयोग अस्वीकार गर्दै अगाडि भने।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *