प्रचण्डसँग सातै प्रदेशका प्रमुखहरुको सामुहिक भेट

काठमाडौ – आफूहरुले भोग्नु परेका समस्याबारे अवगत गराउन सात वटै प्रदेशका प्रमुखहरु काठमाडौं आइपुगेका छन् । यसैक्रममा आइतबार बिहानै उनीहरुले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।

‘प्रदेशहरुले भोग्नु परेका समस्याबारे अवगत गराउन हामी काठमाडौं आएका हौँ, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाटको योजना बनाएका छौँ’ प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नयाँ पत्रिकासँग भने, ‘यसैक्रममा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डसँग भेट भएको हो ।

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनका अनुसार, भोग्नु परेका समस्याबारे उनीहरुले प्रचण्डलाई जानकारी गराएका थिए । ‘विभिन्न व्यवस्थापकीय समस्या बेहोर्नु परेको छ, तिनै समस्याबारे हामीले सामुहिक रुपमा जानकारी गरायौँ,’ शेरचनले भने, ‘प्रदेशले भोग्नु परेका समस्या समाधानका लागि पहल गर्ने उहाँ (प्रचण्ड) ले बताउनु भयो ।’

अर्का एक प्रदेश प्रमुखका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने योजना भए पनि भर्खर मिर्गाैला प्रत्यारोपण गरी अस्पतालबाट फर्किएका कारण प्रधानमन्त्री ओलीसँग यसैपालि भेट हुने–नहुने तय भएको छैन ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *