कोरोनाको आशंका गरिएका नेपाली टेकु अस्पतालबाट ‘फरार’

काठमाडौं – कोरोना भाइरसको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट फरार भएका छन् ।

उनी गएराति साढे १० बजेतिर अस्पतालबाट भागेको जानकारी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार मंगलबार कोरियाबाट फर्किएका इटहरीका ती नेपालीलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए ।

चेकजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेपछि गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट फरार भएको बोगटीले जानकारी दिए ।

अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी भइरहेपनि फेला पार्न नसकिएको बोगटीले जानकारी दिए । ‘हामीले उनको खोजी गरिरहेका छौं । तर फेला पर्न सकेका छैनौं । सम्पर्कमा पनि आएका छैनन्’ बोगटीले भने ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *