आउने २० बर्ष नेपाली राजनितीमा नेकपाको बिकल्प छैन : नेता भण्डारी

काठमाडौ – अनेरास्ववियूका नेता तिलकराज भण्डारीले आउने २० बर्षसम्म नेपाली राजनितीमा नेकपाको बिकल्प नभएको बताएका छन् ।

वामदेव घिमिरे अक्षयकाेष समिति द्वारा आयाेजित पक्लिहवा कप -२०७६ को समापन कार्यक्रममा बोल्दै भण्डारीले पार्टीमा केही कमजोरीहरु रहेपनि सच्याएर अघि बढ्ने र पार्टी निर्माणको अभियान अब अनेरास्ववियूले लिनेे बताए । राजनीतिक आन्दाेलनमा युवा विद्यार्थीहरुले खेलेकाे भुमिका एेतिहासिक रहेकाे बताउँदै अाज राजनितिक क्रान्ति अाधारभुत रुपमा पूरा भएकाले विद्यार्थी अान्दाेलनकाे कार्यभार पनि वदलिएकाे उनलेे बताए । मुलुक अार्थिक सम्वृद्धि र विकासकाे चरणमा प्रवेश गरेकाेले अार्थिक समृद्धि र सामाजिक न्यायसहितकाे समाजवाद निर्माणकाे अभियानमा अनेरास्ववियू ले रचनात्मक अानदाेलनकाे नेतृत्व गर्ने भण्डारीले बताए । कार्यक्रममा बोल्दै भण्डारीले मुलुककाे अार्थिक समृद्ध र विकासकाे नयाँ नयाँ माेडेलहरुकाे पहिचान गर्न अनेरास्ववियूलाई अनुसन्धान तथा अविस्कार केन्द्र बनाउने दृढता व्यक्त गरे ।

वामदेव घिमिरे अक्षयकाेष समिति द्वारा अायाेजित पक्लिहवा कप -२०७६ पुरुष भविबल, महिला भलिबल तथा सुपरसिक्स क्रिकेट समावेश गरिएको र महिला भलिवलमा एभरेष्ट कलेज बुटवल,
पुरुष भलिबलमा मणिमुकुन्द कलेज बुटवल र सुपरसिक्स क्रिकेटमा लिलाराम न्याैपाने कलेज भैरहवाले उपाधी हात पारेको अायाेजक समिति अध्यक्ष सुरज भण्डारीले ग्लोबल खबरलाई जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *