श्रीलंकाद्वारा एमसिसी अस्वीकृत, नेपाल अझै अलमलमा

कोलम्बो – नेपालमा विवादित बनेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाले अस्वीकृत गरेको छ। शुक्रबारको मन्त्रिपरिषद्को बैठकले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता बन्डुला गुनावर्दनेले सञ्चारमाध्यमलाई जानकारी दिए।

बिहीबार एमसीसी पुनरावलोकन समितिले प्रधानमन्त्री महिन्द्रा राजपाक्षलाई अन्तरिम प्रतिवेदन बुझाएको थियो। लगत्तै शुक्रबार सोही प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले एमसीसीमा हस्ताक्षर नगर्ने निर्णय गरेको श्रीलंकाली सञ्चारमाध्यम द सन्डे मर्निङले उल्लेख गरेको छ।

प्रवक्ता गुनावर्दनेका अनुसार यसअघि सरकारले सम्झौताका केही बुँदा संशोधन गर्नेबारे अमेरिकासँग कुरा गर्ने तयारी गरेको थियो।श्रीलंकाले गत डिसेम्बरमा तत्कालका लागि एमसीसी स्थगित गरेको थियो। डिसेम्बर २१ मा राष्ट्रपति गोटाभाया राजपाक्षले ट्वीट गर्दै स्थगित भएको जानकारी गराएका थिए।

एमसीसीले सन् २०१६ डिसेम्बरमा आफ्नो योजना लागू गर्नका लागि श्रीलंकालाई छनोट गरेको थियो भने २०१८ अगस्टमा सम्झौताका लागि अमेरिकी कंग्रेसलाई जानकारी गराएको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *