नेकपा मालेका महासचिव सीपी मैनाली कार दुर्घटनामा गम्भीर घाइते

काठमाण्डौ – पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली चढेको कार महोत्तरीको बर्दिवासमा दुर्घटनाग्रस्त भएको छ ।

मैनाली र उहाँका परिवारका सदस्य रहेकाे कार बिहीबार दिउँसो महोत्तरीको बर्दीवास नगरपालिका वडा नं-३ कालापानीमा  दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनुभएका मैनालीकाे अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डाै लैजान लागिएकाे इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएकाे छ ।

मैनाली चढेकाे झापाबाट काठमाण्डौ आउँदै गरेको गरेको बा ७ च २१२० नम्बरको कार बर्दिवासको वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको हो ।

कारमा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पी एन् मैनाली र कार चालक रामप्रसाद पौड्याल थिए रहेकाे प्रहरीले जनाएकाे छ ।  प्रहरीका अनुसार दुर्घटनामा सीपी मैनालीको खुट्टा भाँचिएको, निधार र अनुहारमा चोट लागेको छ । बुहारी पूजाको दुवै खुट्टा भाँचिएको र अरु सामान्य घाइते भएका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *